काठमाडौं, असोज २५
पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २०७१ जना संक्रमित थपिएको जानकारी दिनुभयो । त्यस्तै काठमाडौं उपत्यकामा १४१६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनालाई कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४२७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
हालसम्म नेपालमा ११ लाख ७६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७५५ जना पुगेको छ । आज ३१ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १५५२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७५ हजार ८०४ पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ६६१८, प्रदेश २ मा १४९८३, बागमति प्रदेशमा २८३०७, गण्डकी प्रदेशमा ४१९७, लुम्बिनि प्रदेशमा १०७२४, कर्णाली प्रदेशमा ३४४३ र सुदुरपश्चिम प्रदेशमा ७५३२ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७०.४ प्रतिशत हो ।
संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा १७ हजार ६६६ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार ६१३ रहेको छ । प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्ला हाल मोरङ, सुनसरी, सुर्खेत, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ र मुस्ताङमा मात्रै संक्रमण शून्यमा झरेको छ।
प्रतिक्रिया दिनुहोस्