जनता टाइम्स

२५ आश्विन २०७७, आईतवार १७:१९

शिक्षामन्त्री पोखरेललाई लक्षणसहितको कोरोना संक्रमण, अस्पताल भर्ना गरियो


काठमाडौं, असोज २५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो। मन्त्री पोखरेलले ज्वरो आएपछि स्बाव परीक्षण गर्नुभएको थियो ।

मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काका अनुसार मन्त्री पोखरेल हाल पाटन अस्पतालमै हुनुहुन्छ । यसैबीच मन्त्री पोखरेलको सचिवालयले मन्त्री पोखरेलसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ । यसअघि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।