काठमाडौं, असोज २६
नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट सटही नगर्ने भएको छ। कोरोना संक्रमणका कारण नयाँ नोट नसाट्ने निर्णय बैंकले गरेको हो । नोट सटहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड विपरीत भीडभाड हुने भन्दै केन्द्रीय बैंकले नोट नसाट्ने सूचना जारी गरेको हो।
केन्द्रीय बैंकसँगै अन्य बैंक तथा वित्तीय संस्थामा समेत कोरोना बढिरहेको भन्दै सहटी नगर्ने निर्णय राष्ट्र बैंकले गरेको हो। अहिले यही बैंक र अन्य बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमा समेत संक्रमण निकै फैलिएको छ।
नगद सटहीका क्रममा हुने भीडभाडबाट संक्रमण फैलिन सक्ने उच्च भएकाले आम नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट सटही सुविधा प्रदान नगर्ने भएको राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्