जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार २०:३२

काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने निर्णय, होटलले पाए यस्तो अनुमति


काठमाडौं, असोज २६ । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै यस्तो निर्णय लिनुभएको हो ।

मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

यस्तै मन्त्रालयले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न भने पाइने छैन ।