जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार १७:३२

कोरोनाबाट ६६३ जनाको गयो ज्यान, आजै १८ जनाको मृत्यु


काठमाडौं, असोज २७

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६६३पुगेको छ । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६ प्रतिशत हो ।