जनता टाइम्स

२८ आश्विन २०७७, बुधबार १६:५०

बुधबार कोरोनाका कारण १२ जनाको मृत्यु, मृतक संख्या ६७५ पुग्यो


काठमाडौं, असोज २८

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १२ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६७५ पुगेको छ । अहिले देशभर आइसीयूमा ३०५ र भेन्टीलेटरमा ७० जना उपचाररत छन् ।