जनता टाइम्स

२८ आश्विन २०७७, बुधबार २१:४०

उपप्रधानमन्त्री पोखरेलले नयाँ जिम्मेवारी पाएकोमा मुख्यमन्त्री पोखरेलको बधाई


काठमाडौं, असोज २८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एंव नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई नयाँ जिम्मेवारी प्राप्त गरेकोमा बधाई दिनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उपप्रधान तथा रक्षामन्त्री समेत रहनु भएका पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याउनु भएको थियो ।

यसविषयमा विभिन्न टिकाटिप्पणी भईरहेका बेला मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री तथा मन्त्री परिषदको समग्र कामको संयोजन गर्ने नयाँ जिम्मेवारी प्राप्त गर्नु भएकोमा धन्यवाद दिनु भएको हो । उहाले पोखरेलको भूमिकावाट सरकारको समग्र काम थप प्रभावकारी हुने विश्वास सहित शुभकामना पनि दिनु भएको छ ।

यस्तो छ उहाले दिएको बधाई

उप्रधानमन्त्री तथा मन्त्री परिषदको समग्र कामको संयोजन गर्ने नयाँ जिम्मेवारी प्राप्त गर्नु भएकोमा कमरेड ईश्वर पोखरेललाई हार्दिक बधाई । तपाईको भूमिकावाट सरकारको समग्र काम थप प्रभावकारी हुने विश्वास सहित शुभकामना ।