जनता टाइम्स

२९ आश्विन २०७७, बिहीबार १२:०९

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनियताको शपथ


काठमाडौं, असोज २९

नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिनु भएको छ । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै जना मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।

संवैधानिक व्यवस्थाअनुसार मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने व्यवस्था रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थमन्त्री, शहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा सामाजिक विकास मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

यसअघि महिला बालबालिका मन्त्री रहनु भएका पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । तीनै जना नवनियुक्त मन्त्रीहरुले आजै आ–आफ्नो मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्नु हुनेछ ।