जनता टाइम्स

२९ आश्विन २०७७, बिहीबार १६:३६

कोरोनाबाट १९ को मृत्यु, मृतक संख्या ६९४ पुग्यो


काठमाडौं, असोज २९

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १९ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको छ । अहिले देशभर आइसीयूमा ३१४ र भेन्टीलेटरमा ६८ जना उपचाररत छन् ।