जनता टाइम्स

२९ आश्विन २०७७, बिहीबार १६:२६

काठमाडौं उपत्यकामा मात्रै १९३५ संक्रमित


काठमाडौं, असोज २९

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जनालाई कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।