जनता टाइम्स

३० आश्विन २०७७, शुक्रबार ०९:२८

चिनियाँ राष्ट्रपतिले किन दिए सेनालाई युद्धको तयारी गर्न आदेश ?


काठमाडौं, असोज ३० । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना सेनालाई युद्धका लागि तयार रहन आदेश दिनुभएको छ । चिनियाँ सरकारी मिडिया सिन्ह्वा न्युज एजेन्सीले जनाएअनुसार राष्ट्रपति सीले चाओझोउ सहरस्थित जनमुक्ति सेनाको जलसेनासँग भेटको क्रममा यस्तो आदेश दिनुभएको हो ।

‘सैनिकहरु उच्च सतर्कतासाथ रहनुपर्छ । तपाईँहरु आफ्नो सम्पूर्ण दिमाग र उर्जालाई युद्धका लागि तयार राख्नूस्,’ राष्ट्रपति सीको भनाइलाई उद्धृत गर्दै सिन्ह्वाले समाचारमा लेखेको छ, ‘सैनिकहरु पूर्ण रुपमा वफादार, पूर्ण रुपमा शुद्ध र पूर्ण रुपमा विश्वासिलो हुनुपर्छ ।’

पछिल्लो समय चिनियाँ सेना सीमा विवादका कारण भारतीय सेनासँग पटक पटक आमने–सामने भएका छन् । यस्तो बेला सीको निर्देशन आउनुलाई अर्थपुर्ण रुपमा लिइएको छ । ताइवानस्थित दक्षिण चीन सागरमा अमेरिकासँग पनि चिनियाँ सेनाको टकराव पर्दैआएको छ । चीनले त्यस क्षेत्र उसको सार्वभौमसत्ताको विषय भएको भन्दै अमेरिकाप्रति कटाक्ष पनि गर्दैआएको छ ।