जनता टाइम्स

३० आश्विन २०७७, शुक्रबार १६:३५

८८ हजार ४० जनाले जिते कोरोना, पछिल्लो २४ घण्टामा ३५२२ डिस्चार्ज (प्रदेशगत सूचिसहित)


काठमाडौं, असोज ३०

पछिल्लो २४ घण्टामा देशभर थप ३५२२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ७६२७, प्रदेश २ मा १५४०१, बागमति प्रदेशमा ३४९८४, गण्डकी प्रदेशमा ४५७१, लुम्बिनि प्रदेशमा ११५७५, कर्णाली प्रदेशमा ३७६६ र सुदुरपश्चिम प्रदेशमा ७८८७ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ ।

मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ६९.८ प्रतिशत हो । देशभर आज ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।