जनता टाइम्स

३० आश्विन २०७७, शुक्रबार १८:५६

रातमा धपक्कै बल्छ रानीपोखरी


काठमाडौं, असोज ३०

काठमाडौंको ऐतिहासिक सम्पदा रानीपोखरी निर्माणको काम लगभग सकिएको छ । रानीपोखरी, बालगोपालेश्वर मन्दीर निर्माण भईसकेको छ । वरिपरी र पानी पूर्णरुपमा भर्न भने बाँकी रहेको छ ।

अहिले रानीपोखरी वरिपरि र बीचमा रहेको मन्दिरमा बिजुलीबत्ती जडान गरिएको छ र रानीपोखरीमा पानी भरिएको छ । छिट्टै नै उद्घाटनको तयारी गरिदै गरेको रानीपोखरीमा बिजुलीबत्ती जडानपछि रातमा पनि पोखरी साँचिक मनमोहन देखिएको छ ।

तस्विर सौजन्य : गोरखापत्र