जनता टाइम्स

१ कार्तिक २०७७, शनिबार १३:५४

देखिन थाल्यो ओली सरकारको कामको परिणाम : कोरोना संकटमा पनि नेपालीको प्रतिब्यक्ति आय बृद्धि


काठमाडौं, कात्तिक १ । कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र नै महामन्दीको चरणमा परेको बेला र नेपाली नागरिकहरूको औसत आम्दानी भने बढेको तथ्यले देखाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालीहरूको प्रतिव्यक्ति आय बृद्धि भएको तथ्यांक बाहिर ल्याएको हो ।

आइएमएफका अनुसार नेपालीको प्रतिब्यक्ति आए २७ अमेरिकी डलर बढेर १ हजार १ सय १५ अमेरिकी डलर पुगेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ०.००२ प्रतिशतमा स्थिर रहे पनि प्रतिव्यक्ति औसत आय भने ३.५ प्रतिशतले बढेको मुद्रा कोषले जनाएको छ । आइएमएफले उपलब्ध गराएको नेपालका लागि तथ्यांकीय विवरणमा आर्थिक बर्ष ०७५/७६ मा नेपालीहरूको औसत आय १ हजार ७८ अमेरिकी डलरबराबर रहेको उल्लेख छ ।

देशको समग्र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई जनसंख्याले भाग गरेर औसत प्रतिव्यक्ति आय निकालिन्छ । आइएमएफका अनुसार गत आर्थिक वर्ष २०७६/७७ (सन् २०२०) मा नेपालको अर्थतन्त्रको कुल आकार ३६ खर्ब ८६ अर्ब रूपैयाँ बराबर रहेको छ । अघिल्लो वर्ष २०७५र७६ मा नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रूपैयाँ बराबर थियो । नेपाली मुद्रामा भने नेपालीहरूको प्रतिव्यक्ति आय १ लाख २७ हजार ८ सय २७ रूपैयाँ पुगेको मुद्रा कोषले जनाएको छ । जुन अघिल्लो वर्ष १ लाख २१ हजार ७४७ रूपैयाँबराबर थियो ।

क्रयशक्ति क्षमता (पीपीपी) का आधारमा भने नेपालीहरूको आय वृद्धिदर ०.१२ प्रतिशतमात्रै छ, जुन अघिललो वर्ष करिब साढे ७ प्रतिशतले बढेको थियो । अन्तर्राष्ट्रिय क्रयशक्ति क्षमता (पीपीपी) मापनका आधारमा भने नेपालीहरूको प्रतिव्यक्ति आय ३ हजार ५ सय ८५ डलरबराबर रहेको मुद्रा कोषले जनाएको छ । यो मापनका आधारमा नेपालले कुल विश्व अर्थतन्त्रको ०.०७९ प्रतिशत हिस्सा ओगटछ ।

आइएमएफको यो तथ्यले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र निवर्तमान अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अघि बढाएको नीतिको सफलतालाई उजागर गरेको छ । यस्का साथै ओली सरकार र तात्कालिन अर्थमन्त्री खतिवडाले अघि बढाएको नीतिको बिरोध गर्नेहरु पूर्णत गलत रहेको तथ्यलाई पनि यस परिणामले उजागर गरी लुटको स्वर्ग मच्चाउन नपाएकै कारण बिरोध गरेको तथ्य स्थापित गरेको छ ।