जनता टाइम्स

१ कार्तिक २०७७, शनिबार १५:४८

वीरगञ्जबाट साढे २३ किलो सुन भेटिदा किन व्यक्ति पक्राउ परेनन्


बीरगञ्ज, कात्तिक १

वीरगञ्जमा प्रहरीले एक अपार्टमेन्टमा छापामारी करीब २३ किलो सुनको विस्कुट र गहना बरामद गरेको छ । ठुलो परिणामको सुन बरामद गरेपनि कोही व्यक्ति पक्राउ परेका छैनन् । वीरगञ्ज नगरपालिका–५ रेशम कोठीमा रहेको श्री गणेश अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बरका फ्ल्याटबाट सो परिमाणमा सुन बारामद गरिएका जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

सो फल्याटमा दिउँसो साढे एक बजे छापा मार्दा २२ किलो ५७६ ग्राम सुनको विस्कुट र ६८१ ग्राम सुनका गहना बरामद भएको पत्रकार सम्मेलनमा पर्साकी एसपी गंगा पन्तले बताउनुभयो । सोही क्रममा करीब दुई किलो २६२ ग्राम तौल बराबरका चाँदिका समान पनि बरामद भएको प्रहरीले जनाएको छ । सो अपार्टमेन्ट भारतको पूर्वी चम्पारन जिल्लाको हरैया निवासी अशोक सिन्हाको भएको स्थानीय बासिन्दाले जानकारी गराएको र त्यहाँ सुन लुकाइ राखेको सुराकीका आधारमा प्रहरीले दुई दिनदेखि निगरानी गर्दा पनि कोही नआएकाले आज छापामारी सो सुन बरामद गरेको हो ।

उक्त सुन कसको हो र कहाँ लगिँदै थियो भन्नेबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । नेपालबाट भारतीयहरुले सुन लगेर विभिन्न शहरमा बेच्ने गरेको प्रहरीले जानकारी दिएको छ ।