जनता टाइम्स

१ कार्तिक २०७७, शनिबार १६:२८

शनिवार कुल परीक्षणका २१ प्रतिशतमा देखियो कोरोना संक्रमण


काठमाडौं, कात्तिक १

शनिबार कोरोनाभाइरसका थप तीन हजार एक सय ६७ जना नयाँ संक्रमित थपिएका छन् । शनिवार गरिएको कुल परीक्षणको २० दशमलव ५१ प्रतिशतमा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । शनिवार १५ हजार ४३८ पीसीआर परीक्षण गरिएको थियो । शुक्रबार ४ हजार ३९२ कोरोना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।