जनता टाइम्स

१ कार्तिक २०७७, शनिबार २१:०१

मलाई तर्साउन खोजेको ? भन्दै प्रधानमन्त्री जंगिएपछि..


काठमाडौं, कात्तिक १ । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री र बिद्रोही नेताहरुलाई बुझ्ने भाषामा सम्झाउँदै अराजक कामबारे सचेत गराउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितका पाँच नेतासँग आज भएको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बुझ्ने भाषामा सम्झाउनु भएको हो । प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शाही, नेकपा कर्णाली प्रदेशका सहइञ्चार्जद्वय यमलाल कँडेल, प्रकाश ज्वाला, प्रमुख सचेतक गुलावजंग शाह, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायानाथ अधिकारी र सांसद चन्द्रबहादुर शाहीसँग बैठक गर्नुभएको हो । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, प्रचण्डले लिखित निर्देशन दिएपछि मुख्यमन्त्री शाहीसहित कर्णालीका सात जना नेता काठमाडौं आउनु भएको थियो ।

काठमाडौं आएपछि सातै जना नेतासँग एकसाथ बैठक गर्ने अध्यक्ष ओली पहिलो नेता हुनुहुन्छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दुवै समुहका नेतासँग एकसाथ नभेटी गुटगत बैठक गर्नुभएको थियो । प्रचण्डले कर्णालीको समस्या समाधान भन्दा गुटगत काम अघि बढाइरहनुभएको बेला प्रधानमन्त्री तथा अध्यक्ष ओलीले भने दुवै समुहसँग एकसाथ बैठक गरेर आफू गुट होइन, पार्टी एकता र अनुशासन कायम गराउने दृढ मान्यतामा रहेको सन्देश पनि दिनुभएको हो ।

आजको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीमा गुटगत काम अघि बढाउन छुट्टाछुट्टै भेटन समय मागेकोप्रति पनि कडा आक्रोश जनाउनु भयो । छलफलको क्रममा उहाँले कर्णालीमा देखिएको अराजकता र त्यसक्रममा पार्टीभित्र केही ब्यक्तिले अघि बढाएको षडयन्त्र चिर्न सवैले सतर्कतापुर्ण कदम चाल्नुपर्ने बताउनु भयो । दुवै पक्षको कुरा सुनेपछि आफूहरुलाई जानकारीबिनै अबिश्वासको प्रस्ताव दर्ता गराएकोमा बिद्रोही पक्ष र प्रमुख सचेतक बर्खास्त गर्ने मुख्यमन्त्री शाही दुवैको कदमबारे बुझ्ने गरी सम्झाएपछि उहाँले दुई अध्यक्षको निर्णय अन्तिम हुने बटमलाइनसहित निर्देशन दिएर आजको बैठक समापन गर्नुभएको थियो ।

‘प्रधानमन्त्री निकै कडा रुपमा प्रस्तुत हुनुभयो, दुवै पक्षलाई एकएक प्रश्न गर्दै जवाफ दिनै नसक्ने बिन्दुमा पुर्याउनु भयो, उहाँको कुरा सुनेपछि अव अराजकता र गुठबन्दीले केही चल्दैन भन्ने निश्कर्षमा दुवै पक्ष पुग्नुभएको छ,’ भेलापछि बालुवाटार स्रोतले जनताटाइम्ससँग भन्यो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शाही र बिद्रोही नेताहरुलाई कडा प्रश्नसहित भन्नुभयो, ‘मलाई तर्साउन खोजेको ?’ उहाँले तर्साउने र धम्क्याउने खेल आफूसँग नखेल्न र पार्टी एकताबिरोधी हर्कत नगर्न पनि सचेत गराउनु भएको स्रोतले जनताटाइम्सलाई बतायो । प्रधानमन्त्री ओलीले कर्णालीमा अराजकता मच्चाउनेहरुको सवै सूचना आफूलाई भएको तथ्य पनि स्मरण गराउनु भयो ।

‘कस्ले कहाँ कसरी हस्ताक्षर अभियान चलायो ? कस्ले काठमाडौंमा आएर के षडयन्त्र गर्यो, किन यस्तो हर्कत भयो भन्नेबारे म जानकार छु, अव खेल खेल्ने दिन सकियो, दुई अध्यक्षको निर्णय आउँछ, त्यो नै अन्तिम हुन्छ, त्यसलाई मान्दिन भन्ने छुट तपाईहरुसँग छैन,’ बैठकको निश्कर्षसहित निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले दुई अध्यक्षको छलफलपछि आउने निष्कर्ष लागू गर्दै कर्णालीको समस्या समाधान गर्न पनि निर्देशन दिनुभएको थियो ।

तपाईंहरूका कुरा सुनियो, अब हामी दुई अध्यक्ष बस्छौँ, सहमति गर्छौंं, त्यही सहमतिअनुसारको निर्णय तपाईंहरूलाई पठाइ दिन्छौँ,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘सहमतिपछिको निष्कर्ष तपाईंहरू कसैका लागि अनुकूल पनि हुन सक्छ, प्रतिकूल पनि हुन सक्छ, तर त्यही लागू हुन्छ, कसैले पनि त्यसमा दायाँबायाँ गर्न पाइँदैन

छलफलमा महासचिव विष्णु पौडेल सहभागी भए पनि कार्यकारी अध्यक्ष प्रचण्ड र इञ्चार्ज जनार्दन शर्मा सहभागी हुनुभएन । यसअघि नै झगडियालाई फरक फकर समयमा भेट गरेको कारण अध्यक्ष दाहाल र इञ्चार्ज शर्माले एकसाथ बैठकमा सहभागिता नजनाउनु भएको खुमलटार स्रोतले बतायो ।

‘तपाईंहरूका कुरा सुनियो, अब हामी दुई अध्यक्ष बस्छौँ, सहमति गर्छौंं, त्यही सहमतिअनुसारको निर्णय तपाईंहरूलाई पठाइ दिन्छौँ,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘सहमतिपछिको निष्कर्ष तपाईंहरू कसैका लागि अनुकूल पनि हुन सक्छ, प्रतिकूल पनि हुन सक्छ, तर त्यही लागू हुन्छ, कसैले पनि त्यसमा दायाँबायाँ गर्न पाइँदैन ।’ कर्णालीका नेतासँग झन्डै तीन घन्टा छलफल भएको थियो ।