जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार ००:२९

मजदुरलाई खाना खुवाउन सडकमै पुगे युवा नेता रमेश पौडेल, मृगौला रोगीलाई घर फर्कन दिए खर्च


काठमाडौं, कात्तिक २ । शनिवार बेलुका लगभग ५ बजेको थियो । सडक मजदुरहरू विगतका दिनझै खाना खान भनेर जम्मा भएका थिए । खाना खुवाउने भनेर नेकपाका युवा नेता तथा राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेश पौडेल सहितका साथीहरू त्यहाँ आए, साथमा लुगा पनि यो टिमले ल्याएको रहेछ । विगतका दिन देखिनै यहाको नेतृत्व गरिरहेका युवाका केन्द्रीय सदस्य अमित पौडेलले कार्यक्रम सुरु गर्न आग्रह गरेपछि सबैलाई सोधेर सिष्टता पुर्वक नेता पौडेलले खाना र लुगा वितरण गर्नुभयो । यति सम्म कि घर फिर्ता जान्छु भन्ने एक मृगौला रोगीलाई त घर फिर्कन खर्च समेत दिनुभयो पौडेलले ।

काठमाडौंको गोंगबुमा समाजिक रुपमा कृयाशिल संस्था जय महांकाल युवा समुहको निःशुल्क खाना र लत्ता कपडा अभियानलाई होस्टेमा हैंसे गर्न नेकपाको शक्तिशाली युवा संगठन युवा संघका सहसंयोजक पौडेल शनिवार गोंगबु बसपार्क पुग्नुभएको हो । आफैं पैसा उठाएर १६५ दिनदेखि गरिब र निमुखा दैनिक छाक टार्न अफ्ट्यारो पर्ने जनतालाई लक्षित गरेर अभियान संचालन गरेको जय महांकाल युवा समुहका बरिष्ठ सल्लाहकार अमित पौडेलले जानकारी दिनुभयो ।

जय महांकाल युवा समूह गोंगबु बसपार्कका अध्यक्ष लिला भण्डारीका अनसार संस्थाका सदस्यहरुबाट संकलित रकमबाट नियमित खाना खुवाउने काम भईरहेको छ । यो अभियान ३६५ दिनसम्म संचालन गर्ने योजना रहेको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राजन थापा समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा निशुल्क भोजन वितरण गरेपछि युवा नेता पौडेलले युवाहरुले स्वस्फूर्त रुपमा संचालन गरेको स्वयंसेवी अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको र यस्ताखालका अभियान देशभर संचालन गर्ने देशभरका युवा संघका नेता कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

युवाहरुको कामलाई प्रोत्साहन दिनुपर्छ भनेर आफू महामारीको प्रवाह नगरी अभियानमा सरिक भएको उहाँको भनाई छ । कोभिड १९ का कारण रोजगारी गुमाएका र आय आर्जनका श्रोत नभएका दैनिक ज्याला मजदुरी गर्ने लाई लक्षित गरेर निशुल्क भोजन अभियान संचालन गरेको आयोजकले जनाएका छन । सो स्थानमा दैनिक ३ सय भन्दा बढीले खाना खाने गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राजन थापाले जानकारी दिनुभयो ।