कैलाली, कात्तिक २
कैलालीमा गएराति मोटरसाइकलमा गस्तीमा निस्किएका दुई प्रहरीमध्ये एक जनाको शव घाटी रेटिएको अवस्थामा भेटिएका छन् । मोहना नदीमा भेटिएको शव असई गोविन्द विकको रहेको प्रहरीले जानकारी दिएको छ ।
कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका असई विक र प्रहरी जवान रामबहादुर साउद सीमा क्षेत्रमा गस्तीमा निस्किएका थिए । मोटरसाइकलमा गस्तीमा गएका दुई जना शनिबार राति १० बजेसम्म पनि नआएपछि प्रहरीले खोजी शुरु गरेको थियो ।
‘असईसाबको शव भएको पहिचान भएको छ । उहाँको घाँटी रेटिएको छ भने खुट्टामा पनि चोट लागेको छ,’ कैलाली प्रहरी प्रवक्ता डिएसपी प्रतीक बिष्टले जानकारी दिनुभयो । बेपत्ता जवानको खोजीका लागिका नेपाली सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी परिचालन गरिएको छ । उनले प्रयोग गर्ने गरेको मोबाइल भने फेला परेको छ ।
घटनास्थल नेपाल–भारत सीमामा पर्छ । असई तस्करी नियन्त्रणमा आक्रामक रूपमा काम गर्दै आएको प्रहरीले जानकारी दिएको छ । कसले हत्या गर्यो भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्