मूख्य समाचारवागमतीशिक्षा / स्वास्थ्यसमाचार

कोरोनाका लागि सबै निजी तथा मेडिकल कलेजले ५०% शय्या छुट्याउनु पर्ने

  •  
  •  
  •  
  •  

काठमाडौं, कात्तिक २

अब देशभरका निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको उपचारका लागि ५० प्रतिशत बेड छुट्याउनुपर्ने भएको छ । सरकारले सबै निजी, सामुदायिक तथा मेडिकल कलेज तथा सरकारी अस्पतालले कुल शय्याको ५० प्रतिशत शय्या कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएसँगै अब ५० प्रतिशत बेड कोरोनाका विरामीलाई उपचार गर्नुपर्ने भएको छ ।

काठमाडौं उपत्यकाका सरकारी अस्पतालहरुले भने १०० प्रतिशत नै छुट्याउनुपर्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले निजी,सहकारी, सरकारी गैरसरकारी लगायतका सम्पूर्ण अस्पताल तथा मेडिकल कलेजहरुले कोभिड उपचारका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयको नियममित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसबारे जानकारी दिनुभएको हो । यसअघि गरिएको निर्णयमा निजी, सामुदायिक सहकारी अस्पतालमा २० प्रतिशत शय्या र मेडिकल कलेजहरुले ३३ प्रतिशत शैय्या कोभिडका लागि छुट्याउने निर्णय भएको थियो ।

सो निर्णय परिवर्तन गरी सबै अस्पतालले कम्तिमा ५० प्रतिशत शैय्या कोभिडका लागि छुट्याउनु पर्ने निर्णय गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ । आइसीयू, भेन्टिलेटरसहतका पूर्वाधार पनि सोही अनुपातमा कोभिडका लागि छुट्याउनुपर्ने उहाँले बताउनुभयो ।

Comment here