जनता टाइम्स

३ कार्तिक २०७७, सोमबार ०७:५५

ग्लोवल हंगर इन्डेक्समा नेपालको स्थिति उल्लेख्य सुधार : भारतलाई पछि पार्दै खराव सूचीबाट माथि उक्लियो


काठमाडौं, कात्तिक ३ । ग्लोवल हंगर इन्डेक्समा नेपालको स्थितिमा उल्लेख्य सुधार देखिएको छ । नेपाल यस बर्ष १९.५ स्कोरसहित ७३औं स्थानमा रहेर मध्यम अवस्थामा आउन सफल भएको हो ।

भर्खरै सार्वजनिक तथ्यांकअनुसार वंगलादेश २०.४ स्कोरसहित ७५औं स्थानमा रहेको छ भने म्यानमार २०.९ स्कोर सहित ७८ औं स्थानमा, पाकिस्तान २४.६ स्कोरसहित ८८औं स्थानमा र भारत २७.२ स्कोरसहित ९४औं स्थानमा रहेको छ । दक्षिण एशियाली मुलुकमा नेपालको भन्दा राम्रो अवस्थामा श्रीलंकाको रहेको छ । श्रीलंकाको स्कोर १६.३ रहेको छ ।

यो तथ्यांकअनुसार सन २०२० मा नेपालले आफूलाई खराव अवस्थावाट मध्यम अवस्थामा ल्याउन सफल भएको छ । ग्लोवल हंगर इन्डेक्समा २० भन्दा माथि स्कोर रहेको अवस्थालाई खराव मानिने अर्थशास्त्रीहरुले जनाएका छन ।

हेर्नाेस सूची