जनता टाइम्स

३ कार्तिक २०७७, सोमबार १०:४२

क्रुर ! आमा, आफ्नै तीन सन्तानको हत्यापछि बोलाइन् प्रहरी


काठमाडौं, कात्तिक ३

अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले अपार्टमेण्टमा आफ्नै ३ बच्चाको हत्या गरेकी छन् । बागलुङ्ग घर भएकी भट्टराई थरकी ३१ वर्षीया ती महिलाका तीन बच्चा मध्ये सबैभन्दा सानो बच्चा ८ महिनाको भएको प्रहरीले जानकारी दिएको छ । दुई बालिकाहरु नौ र तीन वर्षका थिए ।

ती महिलाले बिहान ५ बजेर २० मिनेटमा पुलिसलाई आफैँले खबर गरेकी थिइन् । महिलाले आफैँ पनि मर्न चाहेको बताएकी थिइन् र प्रहरीको उपस्थितिमा उनी घटनास्थलमा नै रहेको बताइएको छ । प्रहरीले दिएको जानकारी अनुसार उनले पनि आफैले छुरा प्रहार गरेकी थिइन् । प्रहरी घटना स्थलमा पुग्दा नौ वर्षीया बालिका जिवित नै थिइन् । उनलाई तत्कालै अस्पतालमा लगिएको थियो तर उनको पछि मृत्यु भएको जनाएको छ ।

बाग्लुङ्ग घर भएका ३४ वर्षीय अर्याल थरका पुरुषले १० वर्ष अगाडि कुनै आफन्तले चिनेजानेको आधारमा विद्यार्थी भिसामा ल्याएर बुटवलकी भट्टराई थरकी युवतीलाई अष्ट्रियामा सन् २०१० मा विहे गरेका थिए । गत अक्टुबर ३ मा श्रीमान् श्रीमतीसँगै भएर ३ वर्ष पुगेकी छोरीको जन्मदिन मनाएको फोटो र फेसबुकमा लाईभ भिडियो राखेका थिए । घटनाको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताएको छ । भियनामा ५ सयभन्दा धेरै नेपाली परिवारको बसोबास छ ।