काठमाडौं, कात्तिक ३
सरकारले दसैंभत्ता नदिने निर्णय गरेको छ । गतवर्ष गरेको निर्णय अनुरुप नै संसद सचिवालयले भत्ता उपलब्ध गराएपछि सरकारले नै पुनः भत्ता नदिने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले दसैंभत्ता दिने निर्णय फिर्ता गरेको हो ।
चालु आर्थिक वर्षको बजेटमै भत्ताको व्यवस्था नगरिएको स्पष्ट पार्दै सरकारले गतवर्षको निर्णय देखाउदै भत्ता वितरण गरेपछि सो निर्णय नै खारेज गरिदिएको हो । सांसदको खातामा रकम गईसकेकाले सो रकम अब फिर्ता गर्नुपर्ने हुन्छ । यसविषयमा विस्तृतमा जानकारी भने अपरान्ह पाँच बजे सिंहदरबारमा सरकारका प्रवक्ता समेत रहनु भएका सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरेर जानकारी गराउदै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्