मूख्य समाचारलुम्बिनीशिक्षा / स्वास्थ्यसमाचार

लुम्बिनी प्रदेशमा लक्षण देखिएका कोरोना संक्रमितको नि:शुल्क उपचारको व्यवस्था यथावत

  •  
  •  
  •  
  •  

बुटवल, कात्तिक ४

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लक्षण देखिएका कोरोना संक्रमितको नि:शुल्क उपचार यथावत रहेको जानकारी दिनु भएको छ । सरकारले आर्थिकस्तर ठिक भएकालाई सशुल्क उपचार गराउने निर्णय लिएको बेला लुम्बिनी प्रदेशले भने लक्षण देखिएका विरामीलाई नि:शुल्क उपचार जारी राख्ने भएको हो ।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट प्रदेशमा रहेका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत रहेको जानकारी दिनुभयो । उहाले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।’

सरकारले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै नि:शुल्क परीक्षण र उपचार गर्ने निर्णय गरेको छ ।

Comment here