जनता टाइम्स

४ कार्तिक २०७७, मंगलवार १४:१८

बेपत्ता प्रहरी जवानको शव पानी भित्र गाडिएको अवस्थामा भेटियो


कैलाली, कात्तिक ४

कैलालीमा गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउँदको शव भेटिएको छ । शनिबारदेखि बेपत्ता रहेका जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान साउँदको शव मंगलबार मोहना नदीमा पानीभित्र बालुवामा गाडेको अवस्थामा भेटिएको हो ।

प्रहरी सहायक निरीक्षक (असई) मृत भेटिएको दुई दिनपछि उनीसँगै खटिएका बेपत्ता प्रहरी जवानको पनि शव भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीस्रोतले दिएको जानकारी अनुसार पक्राउ परेका व्यक्तिको बयानका आधारमा साउदको शव भेटिएको हो ।

असई विकको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा आइतबार बिहान  नेपाल–भारत सीमास्थित  मोहना नदीमा शव भेटिएको थियो । प्रहरी जवान साउद भने सम्पर्कविहीन थिए । सशस्त्र प्रहरीको गोताखोर टोलीले मोहना नदीमै खोजी गर्दा साउदको शव असई विकको शव भेटिएको ठाउँ भन्दा झण्डै दुई सय मिटर अगाडी नदीमै भेटिएको प्रहरीले जनाएको छ ।