जनता टाइम्स

४ कार्तिक २०७७, मंगलवार १४:३१

संक्रमितको उपचार नगर्ने निर्णय फिर्ता लिन सरकारसँग नेकपाका वरिष्ठ नेता नेपालको आग्रह


काठमाडौं, कात्तिक ४

सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने निर्णय फिर्ता लिन सरकारसँग आग्रह गर्नुभएको छ । सरकारले गरेको निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता गर्न माग गर्नुभएको हो ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नेता नेपालले सरकारको निर्णयले आफूलाई गम्भीर बनाएको समेत उल्लेख गर्नुभएको छ । ‘संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरूले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु’, विज्ञप्तीमा भनिएको छ ।