जनता टाइम्स

५ कार्तिक २०७७, बुधबार ०८:०६

कोरोनाबाट एकैदिन श्रीमान श्रीमतीको मृत्यु


बिराटनगर, कात्तिक ५ । कोरोना संक्रमणबाट श्रीमान श्रीमतीको एकै दिन मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका ४ निवासी एक दम्पतीको कोरोना संक्रमणबाट मंगलवार मृत्यु भएको हो।

८५ वर्षीय श्रीमान र उनकी ८१ वर्षीया श्रीमतीको १२ घन्टाको फरकमा मृत्यु भएको छ । श्रीमानको विराट नर्सिङ होममा र श्रीमतीको मोरङ सहकारी अस्पतालमा मृत्यु भएको रंगेली नगरपालिकाका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलले बताएका छन ।