जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार १०:५६

सोल्टी होटलका संस्थापक प्रभाकर राणाको निधन


काठमाडौं, जेठ १७

नेपालमा होटल तथा पर्यटन व्यवसायका अगुवा प्रभाकर समशेर राणाको निधन भएको छ । ८४ वर्षीय राणाको न्युयोर्कस्थित आराम तथा उपचार केन्द्रमा (रिहाव) बिहीबार बेलुका निधन भएको हो । नेपालको पहिलो अन्र्तराष्ट्रिय स्तरको सोल्टी होटलका संस्थापक, अध्यक्ष र अन्तिमसम्म पनि त्यसका (चेयरम्यान इमिरेट्स) रहनुभएका राणा विगत एक वर्षदेखि अस्वस्थ हुनुहुन्थ्यो र उपचारार्थ न्युयोर्कमा नै रहँदै आउनुभएको थियो ।

जुद्ध समशेर वंशका राणा जनरल नर शमशेर राणाका पुत्र हुन्। पटना विश्व विद्यालयबाट बिए अनर्सको डिग्री हासिल गरेका राणा अनेक राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग आवद्ध हुनुहुन्थ्यो । उहाँ अन्त्राष्ट्रिय पर्यटन व्यवसायीहरुको संस्था पाटाको आजीवन सदस्य र होटल एसोसिएसन अफ नेपालका इमिरेटस चेयरम्यान पनि हुनुहुन्थ्यो । राणाको अन्त्येष्टि न्युयोर्कमै हुने र बाँकी संस्कार नेपालमा हुने पारिवारिक श्रोतले बताएको छ ।