जनता टाइम्स

६ कार्तिक २०७७, बिहीबार १९:३७

राष्ट्रपतिद्वारा तीन देशका राजदुत नियुक्त, को कहाँ ?


काठमाडौं, कात्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी ३ देशमा राजदूत नियुक्त गरिएको जानकारी दिएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गरिएको हो ।

‘नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ई आवासीय नेपाली राजदूत पदमा नियुक्त बेल्जियम अधिराज्यका लागि श्री गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि श्री तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि श्री रामकाजी खड्कालाई गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।