काठमाडौं, कात्तिक ८ । कोरोना भाइरससँगको लडाई जित्नुभएकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक शान्ता चौधरी पुनः अस्वस्थ हुनुभएको छ । शुक्रवार कोरोनालाई जिनुभएकी चौधरी तातोपानी पोखिएर घाइते हुनुभएको हो ।
कोरोनासँग मुक्ति नपाउदै फेरी अर्को लडाइ शुरु भएको छ । ‘बाफ लिने बेला पोखिएको तातो पानीले खुट्टा पोलेर हल न चल बनाएको छ । कोरोनाका कारन म त्यसैपनि तपाईंहरु भन्दा टाढा हुन बाध्य थिएँ, फेरी खुट्टा थला पर्यो,’ चौधरीले भन्नुभयो । उहाँले आफूले कोरोना जितेपछि खुट्टाको समस्याका कारण अझै उपचारमै रहनु परेको जानकारी गराउनु भएको छ ।
यस्तो छ चौधरीले दिनुभएको जानकारी
अदृष्य कोरोनाले सादृश्य पीडा दिएर गयो । झण्डै लगेको थियो । हुन त मेरो जीबन गयो गयो भन्ने स्थितिबाट धेरै पटक गुज्रेको छ ! यसो सोच्छु, मृत्युले नि बिचरा ठान्दो हो जस्तो लाग्छ ! फेरी तपाईंहरुको अपार माया र प्रेम देख्छु, मृत्युपनि डरायो झै लाग्छ । जीबनमा अनेक परीक्षा त्यो पनि जीबनकै बारे दिन अभिशप्त छु म । तर हारेकी छैन । कोरोनासँग मुक्ति नपाउदै फेरी अर्को लडाइ शुरु भएको छ । बाफ लिने बेला पोखिएको तातो पानीले खुट्टा पोलेर हल न चल बनाएको छ । कोरोनाका कारन म त्यसैपनि तपाईंहरु भन्दा टाढा हुन बाध्य थिएँ, फेरी खुट्टा थला पर्यो । आशा छ हामी छिट्टै भेट्न सक्ने गरी म निको हुने छु । तपाईंहरुको भर्चुअल माया र आशीर्वाद पनि मेरा लागि बरदान भएको छ । दशैको बेला छ । होशियारीपूर्वक मनाउनुहोला । धेरैधेरै शुभकामना !













प्रतिक्रिया दिनुहोस्