जनता टाइम्स

११ कार्तिक २०७७, मंगलवार १३:४९

प्रचण्ड कमरेड ! बन्द गर्नाेस यस्तो निकृष्ट खेल


जबजले निरुपण गरेको समाजवाद बुझेपछि अधिकांश नेता तथा अगुवा कार्यकर्ता सही विचारतिर आकर्षित हुन्छन् । जवज रक्षकहरु नेकपामा छन। पार्टीको भुइँ तह अहिले पनि खस्केको छैन । टाउका टाउका मिलेर भागबन्डा गर्ने सपना नदेखे हुन्छ । यही कुरा बुझेर जबज विरोधीहरु मदन भण्डारी फाउन्डेसनदेखि आत्तिएका हुन । पिँध बिनाका लोहोटाहरु सदा ढुलमुल हुन्छन् र ती र हुलमुल मात्र मन पराउँछन् । बोक्रा, पलाँस, हाँगा बिगा बिँगा धेरै हुन्छन र छन तर जबजको चुरो ज्युँकात्युँ छ । जब आवश्यक पर्छ, तब चुरो जबजलाई बचाउन सय वर्ष लडा, खडा र पडा हुन तयार भएर देखापर्छ

प्रा.डा.बद्रीविशाल पोखरेल

संसारकै तेस्रो ठूलो पार्टी नेकपाका भावी अध्यक्षका प्रबल दावेदार हाल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड के गर्दै हुनुहुन्छ ? यो कुरा नेपालले मात्र होइन, संसारले नै एक टक लगाएर हेरिरहेको अवस्था छ । त्यसैले यो पार्टी र यसले नेतृत्व गरेको विगत सरकारका तुलनामा अत्यन्त सफल प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टीको माथिल्लै तहका केही नेताहरु गोयबल्स शैलीका बर्दी बिनाका साइबर सेना सरह सक्रिय रहेको लेखकले देखेको छ र तिनले ओलीलाई जुनसुकै विषयलाई पनि बङ्ग्याउँदै भ्रम सिर्जना गर्दै पासोमा पार्न धेरै अघिदेखि भरमग्दुर प्रयत्न गरेको यस लेखकलाई थाहा छ । तर उनीहरुले बोकेको पासो आफ्नै गलपासो भएको स्पष्ट भइसकेको छ र हुनेछ । यस्तै नेताका कारण सडकमा ओली विरोधी बर्दीधारी साइबर सेना प्रोत्साहित भएको स्पष्ट हुन्छ । यस्ता कृत्यमा मानवअधिकारकर्मी नामका पहाडी थरका दाहाल पीतवस्त्र खोलेर ओलीविरुद्ध सडकमा उत्रन तम्तयार देखिन्छन ।

खुसी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्दैन भनेझैँ कर्णाली प्रदेशको सरकारमा उत्पन्न समस्या दुवै अध्यक्षको सहमतिमा समाधान भएको विषयलाई प्रचण्डले मात्र जारी गरेको विज्ञप्ति सरासर झुट रहेको स्पष्ट हुन्छ । मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्देशनले त्यसमा उत्पन्न सबै विषयलाई समग्रमा सच्याउने भन्ने अति सामान्य सरल विषयलाई कुहिराको काग बनाउने हेतुले तपाईंले निर्देशन जारी गरेको स्पष्ट हुन्छ । समान प्रकृतिका गल्ती गर्ने दुवैलाई फरक फरक प्रकृतिको फैसला हुन्छ ? एउटालाई सफाइ र अर्कोलाई भित्ता पुर्याउने गरी दण्ड दिने कुरा राणा शासनमा त हुन्थ्यो, अहिले प्रचण्ड कालमा पनि हुँदो रहेछ ?

दुई दिन पनि नटिक्ने बोली, बचन र व्यवहार गर्न थाल्नुभयो भने भोलि कुन भुइँमा उभिनुहुन्छ कमरेड ? त्यसैले तपाईँको विगत, वर्तमान र यसका आधारमा भविष्य समेत आंकलन गर्ने क्षमता मानिसहरु तपाईँका व्यवहारलाई सूक्ष्म रुपमा हेरिरहेका छन भन्ने कुरा बेलैमा ज्ञात रहोस । प्रचण्ड कमरेड ! यो देशमा विवेक बिक्री गर्ने मात्र होइन, यसलाई जोगाएर लेख्ने विद्वान लेखक पनि छन । तिनले तपाइँहरुका बारेमा गम्भीर टिप्पणी गरेका छन। सुप्रसिद्ध तथा प्रकाण्ड बौद्धिक व्यक्तित्व सौरभले असंङ्गति नामको कृतिमा हिजोसम्म ओलीलाई उस्तो महत्व नदिने जनमानसले जान्यो, माधव नेपाल र झलनाथ खनाल नामका पात्रहरुले उनी (ओली) लाई बेपत्तासित थिचेर राखेका रहेछन भनेका छन् पृ.३६ । त्यसैगरी प्रसिद्ध लेखक कृष्णमुरारी भण्डारीले ०७४।११।२५ को नागरिक पत्रिकमा एमालेका नेता माधवकुमार नेपाल र प्रचण्डहरुले ओलीलाई टिक्न खान देलान भनेका थिए ।

तपाईहरुकै कारण अधिकांश मिडिया ओली विरोधी राग गाउन रमाउँछन । यस्तै खालका नेकपाका पात्रहरु खोजीखोजी र रोजीरोजी सरकार र ओली विरोधी विचार प्रवाह गर्छन । ग्यालिलियो र ब्रूनो एक्लै थिए तर समय क्रममा तिनैका पछि आम जनता पनि लागे । एक्लो डा. मोदनाथ प्रश्रितले नेपाल एकीकरण जस्तो सर्वाधिक गौरवशाली ऐतिहासिक गाथा र गानलाई राष्ट्रव्यापी रुपमा पुनर्जीवित गर्नुभएको हो । एक्लो सत्यले हजार झुटलाई परास्त गरिदिन्छ । तर झुटबाट प्रभावित भएर त्यस कित्तामा उभिएको व्यक्तिलाई सही बाटामा ल्याउन धेरै मिहेनत गर्नुपर्छ । तसर्थ यस्ता विषयमा बेलैमा ध्यान दिनुपर्छ । तपाईलाई सही सल्लाह दिने नेकपामा दीनानाथ शर्मा, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी र मणि थापालगायत नेताहरु पनि छन् । भड्काउ नेता र कार्यकर्ताको कमी छैन । पार्टीको वरिष्ठ नेता तथा प्रवक्तालगायतले कोरोनाको उपचारमा सरकारले हात उठाएको भनेर सर्वथा अनुचित, अनुपयुक्त र सामान्य अनुशासनविपरीत वक्तव्य जारी गरेर जग हँसाइरहेका छन् ।

यिनले कहिले कुलमानलाई देवत्वकरण गर्छन्, कहिले अनावश्यक बखेडा खडा गरी प्रधानमन्त्री ओलीलाई काममा उल्झन खडा गरिरहन्छन् । बोल्नै पर्दैन, तस्वीर आफैँ बोल्छ, कमरेड तपाईका आँखा र अनुहार पढेर पनि तपाईँको आशय र दुराशय थाहा हुन्छ । श्वेतपत्र जारी गर्नुपरेको देशको स्थितिमा तपाईंले इटहरीमा आजै र अहिल्यै सरकारले ज्येष्ठ नागरिक भत्ता नबढाएकामा कार्यकर्ता भड्काउने जस्ता अनेक खालका भड्काउ बोली बोलेको रेकर्ड यस लेखकसित छ । यसैलाई मिडिया र सामाजिक सन्जाललाई भाइरल बनाएर आम जनतालाई उत्तेजित बनाइरहेको देखिन्छ ।

यस्ता गतिविधिहरु ओली सरकार बन्दादेखि नै पार्टीकै उपल्ला नेताहरुले सुविचारित तथा सुनियोजित रुपमा गरिहेकै थिए र छन् । तिमीसित जे छ, त्यही शक्ति हो । विचार सबैभन्दा ठूलो शक्ति हो । यसले मरेपछि पनि बचाउँछ । मदन भण्डारी फाउन्डेसनको विरोध जबजको विरोध हो, जबजको विरोध जननेता मदन भण्डारीको विरोध हो । बाँच्ता पनि विरोध मर्दा पनि विरोध, तर समय परिस्थितिले मानिसलाई सही विचार मान्न बाध्य बनाउछ । इतिहासले समय क्रममा पाठ सिक्न बाध्य पार्छ ।

जबजले निरुपण गरेको समाजवाद बुझेपछि अधिकांश नेता तथा अगुवा कार्यकर्ता सही विचारतिर आकर्षित हुन्छन् । जवज रक्षकहरु नेकपामा छन। पार्टीको भुइँ तह अहिले पनि खस्केको छैन । टाउका टाउका मिलेर भागबन्डा गर्ने सपना नदेखे हुन्छ । यही कुरा बुझेर जबज विरोधीहरु मदन भण्डारी फाउन्डेसनदेखि आत्तिएका हुन । पिँध बिनाका लोहोटाहरु सदा ढुलमुल हुन्छन् र ती र हुलमुल मात्र मन पराउँछन् । बोक्रा, पलाँस, हाँगा बिगा बिँगा धेरै हुन्छन र छन तर जबजको चुरो ज्युँकात्युँ छ । जब आवश्यक पर्छ, तब चुरो जबजलाई बचाउन सय वर्ष लडा, खडा र पडा हुन तयार भएर देखापर्छ । तर सैद्धान्तिक उग्रवाद र अवसरवाद सप्रिने भन्दा सक्किने बाटामै लाग्ने खतरा हुन्छ । जस्तो विचरा डा. बाबुराम भट्टराई ।

मदन भण्डारीमा पनि एक समय उग्रवाद हाबी थियो । यस्तो हुन्छ र हुनसक्छ तर आग्रह रहित सोच राख्नेहरु समयमै सच्चिन्छन। आदत र आग्रहका दासहरु एक दिन आफैँ समाप्त हुन्छन । कमजोर मानिस बदलाको भावना राख्छन, बलशालीहरु माफ गरिदिन्छन, बुद्धिमानहरु बिर्सिदिन्छन भनेझैँ नेकपाका केही उपल्ला तहका नेताहरु ओली फोविया ग्रस्त देखिन्छन् । तर मदनझैँ ओली वर्तमान र भविष्य हेर्नुहुन्छ ।

आग्रह राखेको भए र राख्ने भए प्रचण्ड थैव लगायत तत्कालीन माओवादी पार्टीको साङ्घातिक हमलामा परेर पूर्ण अपाङ्गता भएका र मृत्युवरण गर्न विवश नेता कार्यकर्ता हजारौं हुँदाहुँदै यो एकता हुन्थ्यो ? तर पनि ओली फोबिया ग्रस्त केही नेताको निदहराम भएको छ । दुर्भीति या फोबिया एक प्रकारको मनोविकार हो, यो व्यक्तिलाई विशेष वस्तु, परिस्थिति, या क्रियाहरुबाट डर लाग्ने, घवराहट हुने जस्ता चिन्ताको विरामी हो । यो रोग बढ्दै गयो भने मानिस बौलाउने खतरा हुन्छ । कृपया यस्तो चाहिँ नहोस्, किनकि तिनले ओलीको कार्यकाल र उहाँपछिको कार्यकाल तुलना गर्ने चेतसम्म रहने अवसर पाउनुपर्छ ।

बौद्ध भिक्षुणी आनी पहिले कहिल्यै कसैले नसोचेको र नगरेको तुइन विस्थापन गर्न उद्यत ओली सरकारलाई व्यक्तिगत रुपमा एक करोड आर्थिक सहयोग गर्छिन। तर त्यहीँ देश, जनता र जनजीविकाको हितका लागि लामो संघर्ष गरेका प्रचण्डलगायतका नेताहरु ओली फोबियाबाट ग्रस्त देखिन्छन । र आफ्ना नितान्त निजी स्वार्थमा केन्द्रित भएर कम्युनिष्ट आन्दोलन समाप्त पार्न भगीरथ प्रयत्न गर्दैछन् ।

पार्थ उपनामका कार्कीथरि कमरेडले ओली सरकार पूर्वराजाका अध्यक्षताको सरकारजत्तिको लायक नभएको, यही सरकारका कारण आफूलाई कम्युनिष्ट हुँ भन्न लाज लागेको बताएर आफ्नै सरकारको धज्जी उडाएका थिए । उनै कार्कीथरि कामरेडले केही समय अघि पार्टी काममा निरन्तर लागिरहेका नेता लोककृष्ण भट्टराईलाई पार्टीले के दिन्छ र यसरी हत्ते हालेर लाग्नुभएको ? भनेर उनै कार्की थरि कामरेडले नितान्त निजी स्वार्थ साधनामा मात्र लिप्त भएको बताएको भट्टराईले बताएका छन् ।

आचार्य थरि स्थायी समिति सदस्यले ४३ भोटले जितेको हो भन्नु, नेपाल थरि वरिष्ठ नेताले ओली सरकाका सकारात्मक काम केही नदेख्नु र नभन्नु, भुसाल थरि स्थायी समितिले छातीपिटी पिटी रुनु परेको, प्रधानमन्त्री वरिपरि कमिसन खोर र भ्रष्टहरुको ताँती, पाण्डे थरि स्थायी समिति सदस्यले भारतले गरेको नाकाबन्दीका विरुद्ध अडिँदा रातभर भारतसित ज्यूज्यू गर्ने अनि दिउँसो दिउँसो विरोध गर्ने भन्दै ओली लक्षित कटु आलोचना गरे । उनै पाण्डे थरि कामरेड प्रधानमन्त्रीका विरुद्ध सभासद्हरुलाई खाली कागजमा सही गराउँदै हिँडेको पनि थाहा भयो । अर्का रावल थरि नेताले सिके राउतलाई राष्ट्र विखण्डनकारी राजनीति परित्याग गरे गराएकामा ओलीलाई आलोचना गरेका थिए ।

बन्दुकको एक गोलीले एकजना मार्छ तर मिडियाको एक गोलीले सयौँलाई थला पार्छ, सूर्य थापाले भनझैँ अहिले नेकपा, सरकार र ओलीविरुद्ध नै फेक र पेड न्युज भाइरल भएको अवस्था छ । देश र जनताका विरुद्ध र उपलब्धि र प्राप्तिप्रति पानी खन्याउने, एक अर्कालाई उचाल्ने र पछार्ने, ओली र सरकारलाई हिलाको किलो बनाउने, स्थायी समितिमा सचिवालयमा अल्झाउने, मन्त्रिमण्डल परिवर्तन गर्ने हल्ला मच्चाइ रहेर अस्थिरताको सन्देश प्रवाह गर्ने काम बारबार भइरहेको देखिन्छ । देशभरि घुम्दा कोही सरकारका कामदेखि खुसी छैनन भन्ने र ओलीको राजिनामा भारतले होइन, आफैँले मागेको भन्ने सरकारका केही र कत्ति पनि सकारात्मक काम नदेख्ने प्रवृत्ति पार्टीको उपल्लो तहमा रहेको देखिन्छ । गल्ती नगर्ने मान्छे होइन, अझ गल्ती दोहोर्याउने त झन् मान्छे नै होइन भन्ने लेनिन अवसरवादी नेताका आदर्श होइनन ।

एक दुई राम्रो काम होइन, जीवनभरि राम्रो काम गर्नु चाहिँ राम्रो हो भन्ने माओ शिक्षा प्रचण्डलाई सम्झाइ रहनु पर्दैन होला । एउटै कक्षामा दुई पटक नपढ्ने अर्थात् पुन पार्टी अध्यक्ष र प्रधानमन्त्री नहुने ओली शिक्षा पदलोलुप नेतालाई कहिल्यै ज्ञान पलाएन । ओलीले जबजअनुसार योग्यतम नभए पनि अयोग्यमध्ये योग्य नेताको खोजी गरेको बुझिन्छ । तेङसियाओ पेङले भनेझैँ असल आफूपछि सक्षम नेता उत्पादन गर्ने नेता चाहिँ असल हो भनेझैँ नेकपामा ओली मात्र त्यस खालको कोटिमा पर्नु हुन्छ

तिमीसित साहस छ भने तिमीसित रहेका सबै वस्तु हतियार बन्नेछन भन्ने माओ शिक्षाका अनुयायी ओलीसित आमने सामने भिड्न र टिक्न नसकेपछि छिर्के दाउ खेल्नेहरुले बुझून, यस्तै प्रकृतिका कृतघ्न पात्रहरुलाई आधार बनाएर पुर्खाहरुले शठे शाठ्यम् समाचरेत् वा जस्तालाई तस्तै भनेका हुन् । शिशुपाललाई सय बार सम्झाउँदा पार लागेन, सुदर्शन चक्र देखाए तैपनि नसच्चिए पछि कृष्णले सुदर्शन चक्र चलाउनु परेको थियो । सिद्धान्त सही भएर पनि त्यसलाई खालि पाठ गर्ने र दराजमा थन्क्याउने काम गर्नु हुँदैन भन्ने माओको शिक्षा ओलीबाट सिके हुन्छ । शत्रुहरुका नरम, कठोर छल कपटहरुका अगाडि अनेक खालका आग्रह र दुराग्रहबस निशस्त्र भएर रहने नेकपाका कतिपय नेताहरु माओले भनेझैँ प्रतिक्रान्तिकारीका मतियार हुनसक्छन् ।

एक दुई राम्रो काम होइन, जीवनभरि राम्रो काम गर्नु चाहिँ राम्रो हो भन्ने माओ शिक्षा प्रचण्डलाई सम्झाइ रहनु पर्दैन होला । एउटै कक्षामा दुई पटक नपढ्ने अर्थात् पुन पार्टी अध्यक्ष र प्रधानमन्त्री नहुने ओली शिक्षा पदलोलुप नेतालाई कहिल्यै ज्ञान पलाएन । ओलीले जबजअनुसार योग्यतम नभए पनि अयोग्यमध्ये योग्य नेताको खोजी गरेको बुझिन्छ । तेङसियाओ पेङले भनेझैँ असल आफूपछि सक्षम नेता उत्पादन गर्ने नेता चाहिँ असल हो भनेझैँ नेकपामा ओली मात्र त्यस खालको कोटिमा पर्नु हुन्छ । अरु त आफूबाहेक अरु कसैलाई योग्य देख्दैनन । जबज जनवादी क्रान्ति पूरा गर्ने मात्र होइन, यसले माक्र्सवादी सारसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने सुस्पष्ट दिशा निर्देश गरेको नदेख्नेहरु यसको उग्र विरोध गरिरहेका छन् ।