काठमाडौं, कात्तिक १३
सरकारले बडादशैंका अवसरमा आवात–जावत गरेकालाई एक साता होम आइसोलेशनमा बस्न आग्रह गरेको छ । दशैंको चहलपहलले संक्रमण बढ्न सक्ने खतरा रहेको भन्दै सरकारले होम आइसोलेशनमा बस्न आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमण बढ्ने जोखिमको आँकलन गरेर सरकारले पूर्व तयारी गरेपनि सर्वसाधारण पनि सजग रहनु पर्ने बताउनु भयो । संक्रमणको जोखिम कम गर्ने पहिलो दायित्व व्यक्ति स्वयंको भएकाले सरकारले कारबाही गर्छु भन्दै डर देखाएर जोखिम कम गर्न नसक्ने उहाको भनाई छ ।
व्यक्ति स्वयंले पनि काठमाडौं फर्किसके पछाडि कम्तिमा एक हप्ता क्वारेन्टाइनमा बस्न सरकारले अनुरोध गरेको पनि प्रवक्ता गौतमले बताउनुभयो । जनस्वास्थ्यविद्हरुले भने अब समुदायस्तरमा व्यापाक परीक्षण गर्नुपर्ने खाँचो औल्याएका छन् । कोरोनाको अवस्था थप भयावह हुन सक्ने चेतावनी दिदै समुदायस्तरमै परीक्षण बढाउनुपर्नेमा जोड दिएका हुन् ।
जनस्वास्थ्यविद् डाक्टर समीरमणि दीक्षितले भने दशैँमा घरबाट फर्किएर काठमाण्डौ आउनेहरुबाट सङ्क्रमण फैलने भन्दा उपत्यकाभित्र रहेकाबाट नै सङ्क्रमण फैलने सम्भावना बढी रहेको बताउनुभयो । गाउँभन्दा काठमाण्डौ उपत्यकामा नै सङ्क्रमण उच्च भएकोले बाहिरबाट आउनेहरु नै जोगिनुपर्ने उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्