जनता टाइम्स

१६ कार्तिक २०७७, आईतवार १६:५२

कोरोना बिरामीको धरौटी नलिन सरकारको निर्देशन, सूचना निकाल्ने अस्पताललाई सोध्यो स्पष्टीकरण


काठमाडौं, कात्तिक १६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार गर्न आएका बिरामीसँग धरौटी नलिन सूचिकृत सबै अस्पतालहरुलाई निर्देशन दिइएको जनाएको छ । उसले उपचार गर्नुअघि धरौटी राख्नका लागि सूचना निकाल्ने सबै अस्पतालहरुलाई स्पष्टीकरण सोधिएको समेत दावी गरेको छ । यसअघि अस्पतालहरुले निकालेको सूचना देखेपछि आम सर्वसाधारणले सामाजिक सञ्जालमा यस निर्णयको चर्को आलोचना गरेका थिए ।

पछिल्लो समय निजामति कर्मचारी अस्पताल, शहीद शुक्रराज अस्पताल टेकु, धुलिखेल अस्पताल सहित विभिन्न सरकारी निजी तथा सामुदायिक अस्पतालले धरौटी राख्नुपर्ने रकम सहितको सूचना निकालेका थिए । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुनै पनि बिरामीसँग धरौटी नलिईकन कोरोनाको उपचार गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले उपचार खर्च व्यहोर्न सक्नेसँग लिन र नसक्नेसँग नलिन समेत अस्पतालहरुलाई निर्देशन दिइएको स्पष्ट पार्नुभयो ।