काठमाडौं, कात्तिक २२ । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ७५३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १० हजार ४ सय २३ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन ।
वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय १२ जना संक्रमित थपिएका छन । यस्तै प्रदेश १ मा ४९४ जना, प्रदेश २ मा ७७m बागमतिमा १६ सय ९९, गण्डकीमा १३७,लुम्बिनीमा २१८, कर्णालीमा २५ र सुदुरपश्चिम प्रदेशमा १ सय ३ जना संक्रमित थपिएका छन । आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ । हाल ३५ हजार ४३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार २ सय ६ सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार २०६ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५५ हजार ११४ जना निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ ।














प्रतिक्रिया दिनुहोस्