जनता टाइम्स

२३ कार्तिक २०७७, आईतवार १२:३६

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपतिमा निर्वाचित बाइडेनलाई बधाई


काठमाडौं, कात्तिक २३

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको छ ।

आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उहाँहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।