जनता टाइम्स

२७ कार्तिक २०७७, बिहीबार १३:३४

तिहारमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर, ग्राहकलाई हुन्छ यति धेरै फाइदा


काठमाडौं, कात्तिक २७

नेपाल टेलिकमले ‘एसएमएस प्याक’ ल्याएको छ। अघिपछि एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्छ तर, टेलिकमको अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत दिइएको छ। जसअनुसार ५ रुपैयाँमा २० वटा एसएमएस, १५ मा ७० वटा एसएमएस र ६० मा ३ सय वटा एसएमएस गर्न पाइन्छ।

यी प्याकको क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधि तोकिएको छ। टेलिकमका अनुसार २० वटा एसएमएसका लागि एसएमएस २०, ७० वटा एसएमएसका लागि एसएमएस ७० र ३०० वटा एसएमएसका लागि एसएमएस ३०० लेखेर १४१५ मा पठाउन सकिन्छ। यसैगरी *1415*1*5# डायल गरेर वा एनटी एपबाट पनि एसएमएस सेवा किन्न सकिन्छ।

पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिँदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सक्छन्। पोस्टपेड प्राइम प्याक लिएर २ सयवटा एसएमएस, प्रिमियम प्याक किन्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक किन्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा लिन सकिन्छ।

यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिने टेलिकमले बताएको छ। पोस्टपेड प्याक खरिद सम्बन्धी विस्तृत जानकारी लिन आफ्नो मोबाइलमार्फत *1415*2# डायल गर्न सकिन्छ। कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिन्छ।