काठमाडौं, कात्तिक २८ । राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएका नेता सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्रीको जिम्मेवारी दिएको छ । आज बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई सहमहामन्त्रीमा मनोनित गरेको हो ।
बैठकले थापासँगै प्रवेश गरेका अन्य ७ जना केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ । केन्द्रीय सदस्यको जिम्मेवारी पाउने नेताहरुमा रामकृष्ण भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टि.एन. योगी (ललितपुर), दिलीप राई (झापा) हुनुहुन्छ ।
यस्तै कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । राप्रपाको एकता भएपछि असन्तुष्ट बनेका सुनिल थापा केही महिनाअघि आफ्नो समूहका नेतासहित कांग्रेस प्रवेश गर्नुभएको थियो । थापा राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्