जनता टाइम्स

२८ कार्तिक २०७७, शुक्रबार २२:०७

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न : पार्टीको जिम्मा पाउनु भएका अध्यक्ष कमरेडले अहिलेसम्म के गर्नुभयो ?


काठमाडौं, कात्तिक २८

प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको काम कहाँ पुग्यो भनेर प्रश्न गर्नुभएको छ ।

स्थायी कमिटीको बैठकअनुसार पार्टी अध्यक्षद्वयलाई जिम्मेवारी दिएको भन्दै उहाले प्रश्न गर्नुभएको हो । प्रचण्डले लेखेको पत्रका विषयमा उठेको सवालको जवाफ दिदै प्रधानमन्त्री ओलीले महाधिवेशन गराउने वा पार्टी केन्द्रीय कमिटि बैठकको एजेण्डा बनाउने विषयमा के के गर्नुभयो भनि प्रश्नु गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डलाई पत्र लेख्दै भन्नु भएको छ –

भदौं २६ गते सम्पन्न स्थायी कमिटीको बैठकबाट हामी दुई अध्यक्षले गर्ने काम स्पष्ट थियौ । मैले यसअघि नै अपानि–५ को निर्देशन ३ मा उल्लेखित यससम्बन्धी ४ वटा बुँदाहरू उल्लेख गरिसकेको छु । मेरो भागमा परेको सरकार सञ्चालनसम्बन्धी सबै कामको जश-अपजशको जिम्मा मै लिन्छु । पार्टीको नीतिगत निर्देशनको आलोकमा अध्यक्ष प्रचण्डसँग नियमित सल्लाह गरेरै सरकार सञ्चालन गर्दै आएको छु । अझ काहींकतै कमी भएको भए खुल्ला छलफल गरौं, सच्याऔं र अघि बढौं मैलै सधैँ यही भन्दै आएको छु ।

तर, के कमरेडहरूले आफ्नो भागमा परेको कामको लेखाजोखा कहिल्यै गर्नुभएको छ ? म आवेग र उत्तेजनाविना विनमताका साथ प्रश्न गर्न चाहन्छु – कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मा पाउनुभएको अध्यक्ष कमरेडले आफ्नो भागमा परेको कामका सन्दर्भमा के गर्नुभयो ? पछिल्लोचोटि १५ दिनभित्र सम्पन्न गर्ने भनिएको (अझ सचिवालयले त १० दिनमा सक्ने भनेको) एकीकरणको काम अहिले कहाँ पुग्यो ? त्यसको रोडम्याप के बन्यो ? मेरा कारणले हुन नसकेको भए, यहाँले गर्नुभएको गृहकार्यमा के–केमा र कहाँ मेरो अवरोध रहयो ? महाधिवेशनको तयारीको लागि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा र प्रस्ताव तयार गर्न के–के गृहकार्य गर्नुभयो ?र त्यसमा मसँग यहाँले के सहयोग माग्नुभयो ? या मैले काहीँ बाधा अवरोध पु¥याएकी, मलाई थाहा छ, हामी जहाँको त्यहीँ छौं । अहिले पनि हजारौंको संख्यामा पुराना अनुभवी कार्यकर्ताहरू जिम्मेवारीविहीन नै हुनुहुन्छ । पार्टी कमिटीका गतिविधिहरू अवरुद्ध छन् ।