जनता टाइम्स

२९ कार्तिक २०७७, शनिबार ०९:०६

प्रचण्डलाई शंकर पोखरेलको कडा काउन्टर


काठमाडौं, कात्तिक २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकम दाहालले पार्टी एकता भंग गर्ने गम्भीर षडययन्त्र गरेको नेकपाका प्रभावशाली नेताले प्रस्ताव फर्ता लिन सुझाव दिएका छन ।

नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डलाई सो सुझाव दिनुभएको हो । प्रचण्डले सचिवालयमा राख्नुभएको एकल प्रस्तावले पार्टी एकता गंम्भीर मोडमा पुगेको प्रष्ट पारेको भन्दै पोखरेलले भन्नुभएको छ, ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।’

यस्तो छ पोखरेलको सुझाव

कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।