जनता टाइम्स

२९ कार्तिक २०७७, शनिबार १२:०७

गोकुल बाँस्कोटाको प्रचण्डलाई प्रश्न : फिर्ता लिने वा गंभीर तनावको यात्रा रोज्ने ?


काठमाडौं, कात्तिक २९

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पछिल्लो विवाद फेरी उत्कर्षमा पुगेको छ । सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले लेखेको पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भिर आरोप लगाउनु भएको छ ।

बिना कुनै प्रमाण आरोप लगाएपछि नेकपा वृत्तमा यतिबेला खैलाबैला मचिएको छ । सो पत्र फिर्ता लिन प्रचण्डलाई चर्को दबाब परिरहेको छ । यसैक्रममा पूर्वमन्त्री एंव नेकपा नेता गोकुल बाँस्कोटाले आरोप फिर्ता लिने वा गम्भीर तनावको यात्रा रोज्ने ? भनेर छनौट गर्न प्रचण्डसँग आग्रह गर्नुभएको छ ।

उहाले प्रचण्डका अप्रमाणीत आरोपको पुुलिन्दाले अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक, सांगठनिक र मनोवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्तो देखिएको बताउनु भएको छ ।

उहाले भन्नुभएको छ,

अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आरोपको पुलिन्दा हेर्दा अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक,सांगठनिक र मनोवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्तो देखियो । फिर्ता लिने वा गंभीर तनावको यात्रा रोज्ने ? मर्जी आफ्नै त हो