पोखरा, कात्तिक २९
तिहार सुरु भइसक्दा पनि पोखरा महानगरपालिका १७, बिरुवाफाँटका किसानहरुलाई धान काट्न भ्याई/नभ्याई छ । यस वर्ष अधिकमासका कारण दसैँ/तिहार पछाडि धकेलिएको र धान काट्ने समयमा तिहार परेकोले पर्वको पर्वाह नगरी किसानहरु धान काट्न व्यस्त देखिएका हुन् ।
यस वर्ष धान काट्ने समयमा तिहार परे पनि पोखरा महानगरपालिका १७, बिरुवा फाँटका किसानहरु खेतमा व्यस्त देखिन्छन् । उनीहरु चाँडो धान काटेर तिहार मनाउने योजनामा छन् । किसानहरुले यस वर्ष धानमा हाल्ने मल नपाउँदा उत्पादन कम भएको गुनासो गरेका छन् । सरकारले समयमै धान उपलब्ध नगराइदिँदा आफूहरु मारमा परेको किसानहरुले बताएका छन् ।
अघिल्ला वर्षहरुमा तिहार सकिएपछि मात्रै धान काट्ने समय आउँथ्यो । तर यस वर्ष चाडपर्व र धान काट्ने समय एकैपटक परेपछि अधिकांश किसान खेतमा देखिएका हुन् । त्यसैले किसानहरु धान काटेर तिहार मनाउने र तिहारपछि धान उठाउने काममा लाग्ने योजनामा छन् ।
प्रतिक्रिया दिनुहोस्