जनकपुरधाम, कात्तिक २९
धनुषामा एक पुरुषले आफ्नै पत्नी र छोरीमाथि एसिड प्रहार गरेका छन् । जनकपुर उप–महानगरपालिका वडा नम्बर–२० घर भई वडा नम्बर–७ जानकीनगरमा डेरा गरी बस्ने २१ बर्षीया आरती साह र उनकी छोरी तीन बर्षीया रिया साहमाथि सञ्जिव साहले एसिड प्रहार गरेका हुन् । पछिल्लो समय साह दम्पति छुट्टाछुट्टै बस्दै आएका थिए ।
आज बिहान पत्नीको कोठामा पुगेका २४ वर्षीय सञ्जिवले श्रीमति र छोरीमाथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । एसिडले आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको २० प्रतिशत शरीर जलेको छ भने उनको अवस्था गम्भीर रहेको छ ।
छोरीको भने टाउको र बायाँ हातमा परेको छ । दुबै जनाको जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल जनकपुरमा उपचार भइरहेको छ । यता एसिड प्रहार गरी भागेका सञ्जिब साहलाई जनकपुर–४ संकटमोचन मावि नजिकबाट पक्राउ गरि अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्