काठमाडौं, कात्तिक २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको प्रवक्ता बनेर जनताको बहुदलीय जनवाद (जवज) बिरुद्ध खनिनुभएको छ ।
उपाध्यक्ष गौतमले आफ्नो सचिवालयको नाममा जनजबिरुद्ध आफू उभिएको र प्रचण्डले अघि सारेको माओवादलाई दिलबाटै आत्मसाथ गरेको हो । आज गौतमको सचिवालयको नाममा भन्दै जनताको बहुदलीय जनवादको निन्दा गर्ने प्रचण्डको प्रस्तावलाई बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र गौतमको समेत साथ रहेको समाचार लेखाइएको छ ।
स्थायी कमिटीको निर्णयबिरुद्ध आएको ‘अध्यक्ष प्रचण्डको प्रस्ताव हामी सचिवालयका पाँच सदस्यको साझा दस्तावेजका रुपमा आएको हो,’ गौतमको सचिवालयको हवाला दिँदै आएको समाचारमा भनिएको छ । उपाध्यक्ष गौतमको तर्फबाट आएको यो भनाईलाई आधिकारिक मान्ने हो भने नेपाल, खनाल र गौतम पदका लागि जवजबिरुद्ध लागिसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्