काठमाडौं, कात्तिक २९
डा. बाबुराम भट्टराईले कोरोना कोषमा दसैं भत्ता लगायत कुनै पनि रकम जम्मा नगरेको रहस्य खुलेको छ । सरकारको विगतको निर्णयअनुसार संघीय संसद सचिवालयले दसैं भत्ता वितरण गरेपछि त्यसको सबैभन्दा चर्को विरोध जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष भट्टराईले गर्नुभयो । तर, संसद सचिवालयले उपलब्ध गराएको विवरणमा उहाले दसैभत्ता होइन् कोरोना कोषमा कुनै पनि रकम जम्मा नगरेको पोल खुलेको छ ।
डा. भट्टराईले सांसदको मात्रै नभएर कर्मचारीहरुले प्राप्त गरेको दसैं भत्ता पनि कोरोना कोषमा राख्नुपर्ने तर्क गर्नुभएको थियो । अन्य दलले दसैभत्ता र कोरोना कोषमा आफ्नो पारिश्रमिक भने राखेका छन् । तर, डा. भट्टराई र उपेन्द्र यादवले समाजवादीमै रहँदा पनि कोरोना कोषमा कुनै रकम राख्नु भएको छैन । त्यसबेला समाजवादीका सांसद प्रदीप यादवले भने एक महिनाको पारिश्रमिक सरकारले स्थापना गरेको कोषमा जम्मा गर्नुभएको थियो ।
सांसदहरूले दसैं भत्ता फिर्ता गर्ने एकल निर्णय सार्वजनिक गरिरहेका बेला भट्टराईले भने मिडियाले कुरीकुरी गरेपछिको लोकरिझ्याँइु भन्नुभएको थियो । उहाले पर्वमुखी सबै भत्ता खारेज गर्नुपर्ने भनेर सामाजिक सञ्जाल ट्विटरमा लेखेपनि न त आफूले प्राप्त गरेको दसैं भत्ता फिर्ता गर्नुभएको छ न त्यसअघि कोरोना कोषमा कुनै रकम राख्नु भएको छ । राजपा र समाजवादी पार्टी गत जेठ महिनामा एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो ।
राप्रपाका सांसद राजेन्द्र लिङ्देनले पनि कोरोना कोषमा दसैं भत्ता र पारिश्रमिकबाट कुनै रकम राख्नु भएको छैन । संसद सचिवालयले दिएको जानकारीअनुसार नेकपाले एक करोड २४ लाख १३ हजार ८६४ रुपैयाँ, नेपाली कांग्रेसले ४३ लाख ५ हजार ९३६ रुपैयाँ सांसदहरूले दसैं भत्ताबापत प्राप्त गरेको रकम कोरोना कोषमा राखेका हुन् । जसपाका सांसदहरूले भने दसैं भत्ताबापत साढे २२ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्