जनता टाइम्स

१ मंसिर २०७७, सोमबार १२:०४

हङकङको एक नेपाली रेस्टुरेन्टमा भिषण आगलागी : ९ वर्षीय बालकसहित ७ जना नेपालीको मृत्यु


हङकङ, मंसिर १ । हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीमा परी एक ९ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीका अनुसार मृत्यु हुनेमा अधिकांश नेपाली रहेका छन । मृत्यु हुनेमा ४ पुरुष र ३ जना महिला रहेका छन्। मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन्। त्यस्तै गम्भीर अवस्थामा ३ पुरुष र ४ महिलाको अस्पतालमा उपचार भइरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

यसैगरी अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते १८ मध्ये केही भने उपचारपछि डिस्चार्ज भएका छन्। अधिकारीहरूका अनुसार क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो।

आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको अधिकारीहरूले बताएका छन्।