जनता टाइम्स

८ मंसिर २०७७, सोमबार १५:२३

घुन्सामा प्रधानमन्त्री पत्नी राधिकाको सतकर्म, विद्यार्थी र ज्येष्ठ नागरिक भए खुशी


घुन्सा, मंसिर ८

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार विहान कञ्चनजङ्घा हिमालको प्रवेशद्वार मानिने ताप्लेजुङको हिमाली गाउँमा पुग्नु भयो । विरलै देशका प्रधानमन्त्री यस्तो विकट ठाउमा पुग्ने गरेका छन् ।

प्रधानमन्त्रीसहितका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिले घुन्सावासी विहानैदेखी उत्साहित देखिएका थिए । उनिहरुले प्रधानमन्त्री ओलीसहित पुगेका मन्त्री, नेता एंव सरकारी अधिकारीलाई न्यानो स्वागत गरेका छन् । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ उद्घाटन गर्न पुग्न भएका प्रधानमन्त्री ओली समक्ष स्थानीयले यसलाई स्थायी चौकी बनाउन माग गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई रु पाँच लाखको छात्रवृत्ति दिने घोषणा गर्नुभएको छ । यस्तो विकट ठाउँमा पनि पढ्नका लागि लगन देखाउने स्थानीय बालबालिकालाई पढाईका लागि छात्रवृत्ति दिने बताउनु भयो । यसैगरी उहाले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गर्नुभएको थियो । असाहय र दुःखीलाई यसअघि पनि शाक्यले विभिन्न सहयोग गर्दै आउनु भएको छ ।