काठमाडौं, मंसिर ८ । नेपालमा कोरोनालाई जित्नेको संख्या दुई लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना संक्रमित निको भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघेको हो ।
मन्त्रालयका अनुसार सोमवारसम्म नेपालमा २ लाख २ हजार ६७ जनाले कोरोनालाई जितेका छन । नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना रहेका छन । जसमध्ये १ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ ।













प्रतिक्रिया दिनुहोस्