जनता टाइम्स

९ मंसिर २०७७, मंगलवार १६:०९

सचिवालयमा प्रस्तुत ‘प्रतिवेदन’मा लगाइएको आरोप गलत रहेको प्रचण्डको स्वीकारोक्ति, यस्तो छ प्रष्टिकरण


काठमाडौं, मंसिर ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत १९ पृष्ठ लामो ‘प्रतिवेदन’मा उल्लेखित भाषा र आरोप गलत रहेको स्वीकार गर्नुभएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गते बसेको नेकपाको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध तथानाम गाली गलौज गरेको फर्जीपत्रलाई आफ्नो दस्तावेजको रुपमा प्रस्तुत गर्नुभएको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गत बैशाख जेठतिर कसैले दिएको फर्जीपत्रलाई प्रचण्डले बिश्वास गरी आफ्नो प्रतिवेदनका रुपमा सचिवालयमा प्रस्तुत नगर्दै सार्वजनिक भएपछि गम्भीर प्रश्न उठेको थियो ।

यही कार्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ,’

सो प्रतिवेदनमा प्रधानमन्त्रीमाथि हुँदै नभएको आक्षेप लगाउनेदेखि न्यायपालिकामाथि समेत गम्भीर आक्षेप लगाइएको थियो । अध्यक्ष प्रचण्डले सचिवालयमा प्रस्तुत सो आरोपपत्रबारे आज पहिलो पटक प्रष्टिकरण दिनुभएको छ । आफ्नो सचिवालयमार्फत छोटो धारणा दिँदै आफू स्पष्ट मात्र हुन खाजेको भन्दै प्रतिवेदनमार्फत लगाइएको आरोप गलत रहेको स्वीकार गर्नुभएको हो ।

‘यही कार्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ,’ प्रचण्डको सचिवालयले आज बिज्ञप्ती जारी गर्दै भनेको छ । यो प्रष्टिकरणसँगै प्रचण्डको प्रतिवेदनमा लगाइएको आरोप गलत रहेको बिषयमा उहाँ स्वयं सहमत रहेको प्रष्ट भएको छ ।