जनता टाइम्स

११ मंसिर २०७७, बिहीबार १८:५१

पार्टीभित्रै प्रधानमन्त्री ओली मरोस भन्ने जमात बढदै गएको शहरी बिकाशमन्त्री श्रेष्ठको खुलासा


सुनसरी । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले पार्टीभित्रै प्रधानमन्त्री केपी शर्मा ओली मरोस भन्ने जमात देखिएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिाका लागि काम अघि बढाएकै कारण पार्टी बिाहिर मात्र नभई पार्टीभित्रै समेत ओली मरोस भन्ने जमात बढेको निश्कर्ष मन्त्री श्रेष्ठले सुनाउनु भयो ।

कसैले धुप हाल्दैमा प्रधानमन्त्री ओली कमजोर नहुने भन्दै मन्त्री श्रेष्ठले बूढो बाघ निडर र साहसी भएकाले कसैको दाल नगल्ने ठोुवा गर्नुभयो । सुनसरीको इनरुवा नगरपालिकामा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मुलुकमा संघीयताविरोधी तत्व सलबलाउन थालेको भन्दै राष्ट्रहितका लागि ओलीबाहेकको विकल्प नरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आए मुलुकमा संघीयता धरापमा पर्ने तथ्य पनि राख्नुभयो ।

‘संघीयतालाई कमजोर बनाउनेहरु अहिले प्रधानमन्त्री ओलीविरुद्ध लागेका छन, यदि प्रधानमन्त्रीले राजीनामा दिने अवस्था आयो भने संघीयता धरापमा पर्छ,’ मन्त्री श्रेष्ठले भन्नुभयो । उहाँले प्रधानमन्त्री ओली समयसापेक्ष चल्न सक्ने नेता भएका कारण सहजै परास्त गर्छु भन्ने भ्रम नपाल्नसमेतसुझाव दिनुभयो । ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य रुपमा नलिन म आग्रह गर्दछु,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘उहाँले देश र जनताका समस्या बुझ्नु भएको छ । जनताको मत पाएर प्रधानमन्त्री भएको व्यक्तिलाई राजीनामा दे भन्नेहरु जनविरोधी हुन ।’

मन्त्री श्रेष्ठ शहरी बिकास मन्त्रालय अन्र्तगत संचालन भएको योजनाहरुको अनुगमनको क्रममा सुनसरीको इनरुवा आउनुभएको हो । टोलीले इनरुवामा सञ्चालित विभिन्न ढल प्रसोधन केन्द्र, बसपार्क र विराटनगर परियोजना अन्तर्गतको सडक, कार्यालय भवन लगायतका योजनाको अनुगमन गरेको थियो । मन्त्री श्रेष्ठले दुवै मृगौला फेल भएर उपचार गराइरहनुभएका पुराना कम्युनिष्ट मजदुर नेता ओम कोईरालालाई बरगाछीस्थित निवासमा पुगेर भेटसमेत गर्नुभएको थियो ।