जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार १७:२९

न्युजिल्यान्डले पहिलो टी–ट्वान्टी क्रिकेटमा निकाल्यो जित


काठमाडौं, मंसिर १२

न्युजिल्यान्डले पहिलो टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ । घरेलु टोलीले वेस्ट इन्डिजलाई पराजित गरेको हो । आज वर्षाले प्रभावित गरेको पहिलो खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई डीएल पद्दतिको आधारमा पाँच विकेटले हराएको हो । अकल्यान्डमा वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य न्युजिल्यान्डले १५ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

न्युजिल्यान्ड लागि जेम्स निशमले अविजित सर्वाधिक ४८ रन बनाए । न्युजिल्यान्डका लागि डेभोन कोन्वेले ४० रनको योगदान गरे । वेस्ट इन्डिजका ओशाने थोमसले दुई विकेट लिए । त्यस्तै सेल्डोन कट्रेल र किरन पोलार्डले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १६ ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।

किरन पोलार्डले अर्धशतकीय पारी खेले । ३७ बल खेल खेलेका उनले ४ चौका र ८ छक्काको सहयोगमा ७५ रनको योगदान गरे । त्यस्तै आन्द्र फेल्चेरले ३४ रनको योगदान गर्दा फाबियन एलनले ३० रन बनाए । न्युजिल्यान्डका लागि लक्की फेर्गुसनले पाँच विकेट लिए । टिम साउथीले २ विकेट लिन सफल भए ।